ad ad

कारोबार


बंगलादेशका राजदूतको ऊर्जामन्त्रीसँग भेट, ६८० मेगावाटको सुनकोशी आयोजना निर्माण सम्झौतामा पहल गर्न आग्रह

बंगलादेशका राजदूतको ऊर्जामन्त्रीसँग भेट, ६८० मेगावाटको सुनकोशी आयोजना निर्माण सम्झौतामा पहल गर्न आग्रह

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १५:१८, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीबीच शिष्टाचार भेट भएको छ। 

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको भेटमा नेपाल र बङ्गलादेशबीचका ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको  हो। 

भेटमा ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको र बङ्गलादेशमा बढ्दो ऊर्जा आवश्यकता रहकोले दुई देशबीचको ऊर्जा सहकार्यलाई अझ गहिरो बनाउन भेटले सहयोग पुगेको बताए। 
 

 उनले आगामी दिनमा हुन लागेको दुई देशका सचिव तथा सहसचिवस्तरीय बैठकमा ठूला जलविद्युत आयोजना निर्माणमा सहकार्य, अन्तर्देशीय प्रसारणलाइनमा भारतीय पक्षको सहमति र विद्युत व्यापारको सुरुवातलगायत विभिन्न महत्वपूर्ण विषयमा छलफल तथा निर्णय हुने भएकाले उक्त वैठक फलदायी हुने विश्वास व्यक्त  गरे। 

ऊर्जामन्त्री खड्काले चाँडै नै नेपाल विद्युत प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत व्यापार निगमबीच ऐतिहासिक त्रिपक्षीय विद्युत व्यापार सम्झौतामा हस्ताक्षर गरी नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी वर्षायाममा बङ्गलादेशमा विद्युत निर्यातले दुई देशबीच विद्युत व्यापारको ढोका खोल्ने बताए। 

मन्त्री खड्काले ६८० मेगावाटको सुनकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढेकोमा राजदूतावासबाट आवश्यक पहल हुने विश्वास व्यक्त गरे। 

भेटमा राजदूत चौधरीले बङ्गलादेशले चाँडै नै ४० मेगावाट विद्युत खरीद सम्झौता गरेर नेपाल र बंगलादेशबीचको ऊर्जा सहकार्यलाई अगाडि बढाउन खोजेको बताए। उनले  विद्युत उत्पादन, व्यापार र प्रसारण लाईनको विकासमा बंगलादेशले नेपाललाई सहयोग गर्ने उल्लेख  गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .