कोरोना बिमाबापतको रकम नदिएको भन्दै नेपाल बीमक संघले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
सोमबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले रिटमाथि उक्त आदेश जारी गरेको हो।
सर्वोच्चले उक्त रिटलाई अग्राधिकार समेत दिएको छ।
कोराना बिमाबापतको भुक्तानी नदिएको भन्दै नेपाल बिमक संघ सर्वोच्च पुगेको हो।
संघले भदौ २३ गते ११ अर्ब रुपैयाँबराबरको दाबीबापतको रकम नपाएको भन्दै रिट दायर गरेको थियो।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल बीमा प्राधिकरणलाई प्रतिवादी बनाइएको छ।
36
Shares
प्रतिक्रिया