ad ad

कारोबार


हड्ताल रोक्न कर्मचारीको तलब २५ प्रतिशत बढाउने बोइङको अफर

हड्ताल रोक्न कर्मचारीको तलब २५ प्रतिशत बढाउने बोइङको अफर

नेपालखबर
भदौ २४, २०८१ सोमबार १४:१७, काठमाडौँ

अमेरिकी विमान निर्माता बोइङले सम्भावित हड्ताल रोक्न कर्मचारीलाई तलब बढाउने अफर गरेको छ। 

एजेन्सीहरुका अनुसार चार वर्षमा पहिलोपटक २५ प्रतिशत तलब बढाउने अफर गरिएको हो। 

असन्तुष्ट कर्मचारीले यही शुक्रबारदेखि हड्ताल गर्नलागेका छन्। यसले बोइङको एसेम्बली लाइन पूरै ठप्प हुन सक्ने भएपछि कम्पनीले उक्त अफर गरेको हो। 

कर्मचारी युनियनमा ३० हजार बढी रहेका छन्। युनियनका नेताहरुले उक्त प्रस्ताव स्वीकार्न आग्रह गरेको बीबीसीले जनाएको छ। यदि यो सहमति भए भर्खरै प्रमुख कार्यकारी बनेका केली अर्टबर्गको ठूलो सफलता मानिनेछ। 

पछिल्लो समय विभिन्न जटिलतामा फसिरहेको कम्पनीले चौतर्फी दबाबको सामना गर्दै आएको छ। 

पछिल्लोपटक सन् २००८ मा ८ हप्ता लामो आन्दोलनपछि कम्पनी र कर्मचारीबीच सहमति भएर अहिलेसम्म चलेको थियो। बोइङका प्रमुख सञ्चालन अधिकृत स्टिफेनी पोपले यो अफरलाई ऐतिहासिक भनेकी छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .