नेपाल वायुसेवा निगमको ए-३२० जहाज ९एन-एकेडब्लु मर्मत पछि भोलि (भदौ ११ गते) बाट नियमित उडान हुने निगमले जनाएको छ।
भदौ ८ गते बेलुकी प्राविधिक समस्या आई ग्राउन्डेड भएको सो जहाजको हाल मर्मत कार्य भइरहेको छ।
उक्त जहाजमा लाग्ने स्पेयर पार्टस अमेरिकाको मियामीबाट झिकाउनुपर्ने भएकोले भोलि बिहानसम्म आइपुग्ने र मर्मत पश्चात ११ बजेबाट नियमित उडानमा पठाइने निगमले जानकारी गराएको छ।
नियमित मर्मत संभारका बावजुत पनि प्राविधिक समस्या आई जहाज ग्राउन्डेड भएकोले उपलब्ध अन्य जहाजबाट पूर्व निर्धारित उडानहरू सूचारु राखिएको निगमका प्रवक्ता रमेश पौडेलले जनाएका छन्।
960
Shares
प्रतिक्रिया