जिल्लामा दर्ता भएर सञ्चालमा रहेका ८५६ वटा उद्योग तथा व्यावसायीक फर्महरु बन्द भएका छन्। गत आर्थिक वर्षमा उद्योगतर्फ ३७६ र व्यवसायिक फर्मतर्फ ४८० बन्द भएका हुन्।
कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार उद्योगतर्फ खारेज हुनेमा एक सय ७७ वटा कृषि तथा वनजन्य उद्योग छन्। यस्तै उत्पादनमूलक उद्योग ८३ वटा, पर्यटनमूलक उद्योग ४२ वटा र सेवामूलक उद्योग ७४ वटा बन्द भएको खानालले जानकारी दिए।
27
Shares
प्रतिक्रिया