ad ad

कारोबार


एभरेष्ट बैंकको बानेश्वर शाखा अब आफ्नै भवनमा

एभरेष्ट बैंकको बानेश्वर शाखा अब आफ्नै भवनमा

नेपालखबर
भदौ ५, २०८१ बुधबार १४:५६, काठमाडौँ

एभरेष्ट बैंक लिमिटेडले नयाँ बानेश्वरमा आफ्नै नव निर्मित भवनबाट बैंकिङ तथा सेवाहरू सुचारु गरेको छ।

भदौ ५ गते विशेष कार्यक्रम आयोजना गरी काठमाडौं महानगरपालिका वडा नं. १०, नयाँ बानेश्वरस्थित बैंकले साविकको स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नव निर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको जनाएको छ।

भवनको बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यले उद्घाटन गरे। डा. वैद्यले नयाँ बानेश्वर र सो आसपासका बासिन्दाहरुलाई सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने ‘डिजिटल संसार’ को सुभारम्भ गरेको छ। उक्त डिजिटल संसारमा, बैंकिङ क्षेत्रको हालसम्मकै अत्याधुनिक प्रणाली जडित उपकरण मार्फत ग्राहकलाई डिजिटल सेवा दिने व्यवस्था गरेको र उक्त स्थानको सुरुवातसँगै ग्राहकहरूले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथ साथै सेवा सम्बन्धी गुनासोसम्म डिजिटल प्रविधि प्रयोग गरी गर्न सक्ने व्यवस्था रहेको छ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको सो बैंकमा १४ लाख भन्दा बढी ग्राहकहरु छन्।

साथै, देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६६ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .