ad ad

कारोबार


कति खनियो सिद्धबाबा सुरुङ?

कति खनियो सिद्धबाबा सुरुङ?

नेपालखबर
साउन १८, २०८१ शुक्रबार १६:१७, काठमाडौँ

सिद्धबाबा सुरुङ परियोजनाले दुवैतर्फबाट सुरुङ खन्ने कामलाई तीव्रता दिइरहेको छ। 

११ सय २६ मिटर लम्बाइमध्ये बुधबारसम्म ३४८ मिटर सुरुङ खनिएको परियोजनाले जनाएको छ। 

परियोजनाअनुसार उत्तरबाट १५८.३५ मिटर र दक्षिणबाट १९०.४४ मिटर सुरुङ सम्पन्न भएको छ। 

यसबाहेक ३ बाइपासमध्ये पहिलोको ८१.४ मिटर, दोस्रोको ८२.५ मिटर र तेस्रोको ७७.५ मिटर सम्पन्न भएको छ। तीनवटै बाइपास क्रमशः १५१, १६१ र १३० मिटर लम्बाइका छन्। 

टनेल लाइनिङका काम भने सुरु नै हुनसकेका छैनन्। स्लोप प्रोटेक्सनका काम भने धमाधम भइरहेको परियोजनाले जनाएको छ। 

परियोजनाको भौतिक प्रगति १६.४० प्रतिशत र वित्तीय प्रगति २३.८ प्रतिशत छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .