ad ad

कारोबार


आगामी आर्थिक वर्षमा ४५ सय मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ : मन्त्री बस्नेत

आगामी आर्थिक वर्षमा ४५ सय मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ : मन्त्री बस्नेत

नेपालखबर
असार १०, २०८१ सोमबार १९:५, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेघावाट पुर्‍याउने लक्ष्य राखिएको बताएका छन्।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले सरकारले आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेघावाट पुर्‍याउने लक्ष्य राखेको बताएका हुन्।

आगामी १२ वर्षमा कुल विद्युत उत्पादन क्षमता २८ हजार ५०० मेघावाट पुर्‍याउने लक्ष्य राखिएको पनि उनले जानकारी दिए। उनले निजी क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराउन सरकारले कानूनी व्यवस्था गरेको पनि बताए। उनले ऊर्जा क्षेत्रमा नीजि क्षेत्रको सहभागितालाई अझै वृद्धि गरिने बताए।

‘आगामी १२ वर्षमा कुल विद्युत उत्पादन क्षमता २८ हजार ५०० मेघावाट पुर्‍याउने र सो अनुसारको प्रशारण र वितरण प्रणालीको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८० कार्यान्वयनमा लगिएको छ’ उनले भने, ‘आगामी आ.व.मा हाम्रो कुल विद्युत उत्पादन हाम्रो क्षमता ४५०० मेघावाट पुर्‍याउने हाम्रो लक्ष्य रहेको छ।’

मन्त्री बस्नेतले सोलार लगायत वायु ऊर्जामा पनि काम गरिराखेको बताए। ८०० मेघावाट सोलार उत्पादनका लागि पीपीएको काम गर्न लागिएको पनि जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .