सिद्धार्थ सिमेन्ट उद्योगले निर्माण सहकर्मीसँग बृहत् भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रम पोखरा, तनहुँ, लम्जुङ, बाग्लुङ, बेनी, काठमाडौं तथा भक्तपुरमा गरिएको कम्पनीले जनाएको छ।
सो कार्यक्रममा सिमेन्टको गुणस्तर र सिमेन्ट उत्पादन गर्दा प्रयोग हुने कच्चा पदार्थ तथा उत्पादन प्रकिया बारेमा अन्तर्क्रिया गरिएको थियो। सोही अवसरमा विभिन्न कार्यक्रमहरुअन्तर्गत उपस्थित सहकर्मीहरुबीच अन्तर्क्रियामा सहभागिताको अधारमा लक्की ड्रको कार्यक्रम गरिएको थियो।
काठमाडौं तारकेश्वर नगरपालिकामा गरिएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बोहरा, उपप्रमुख भवानी डोटेल तथा वडा सदस्यहरुबीच भएको कार्यक्रममा सिद्धार्थ सिमेन्ट उद्योगको तर्फबाट निर्देशक राहुल अग्रवालबाट मन्तव्य राख्दै सिमेन्ट प्रयोग गर्दा गुणस्तरमा ध्यान दिँदै यससँग समावेश गरिने रोडा, बालुवा तथा ढुङ्गा पनि गुणस्तरीय हुनुपर्नेमा जोड दिएका थिए।
प्रतिक्रिया