ad ad

कारोबार


प्राधिकरणलाई यूटीएलले झन्डै साढे ७ अर्ब तिर्न बाँकी, १५ दिनभित्र नबुझाए खारेजी

प्राधिकरणलाई यूटीएलले झन्डै साढे ७ अर्ब तिर्न बाँकी, १५ दिनभित्र नबुझाए खारेजी

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार ११:४१, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कम्पनी यूटीएललाई विभिन्न दस्तुरबापतको झन्डै साढे ७ अर्ब बक्यौता बुझाउन ताकेता गरेको छ। 

२०७३ भदौमा दिएको अनुमतिपत्रअनुसार यूटीएलले दस्तुरको ७ अर्ब ४२ करोड रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार अनुमपितत्रको सर्तबमोजिम नवीकरण दस्तुरको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायत दस्तुर बक्यौता रहेको हो। 

उल्लिखित रकम १५ दिनभित्र नबुझाए खारेजीको प्रक्रियामा अगाडि बढ्ने चेतावनी पनि प्राधिकरणले दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .