ad ad

कारोबार


नेपाली जुत्ताघरमा जुत्ता किन्दा विद्यार्थीलाई छात्रवृत्ति अफर

नेपाली जुत्ताघरमा जुत्ता किन्दा विद्यार्थीलाई छात्रवृत्ति अफर

नेपालखबर
असार १७, २०७६ मंगलबार ७:३३,

नेपाली जुत्ताघरले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्तीर्ण विद्यार्थीहरुका लागि उच्च शिक्षाका लागि छात्रवृत्ति कार्यक्रम ल्याएको छ। यस योजनामा नेपाली जुत्ताघरमार्फत जुनसुकै ब्रण्डको जुुत्ताचप्पल खरिद गर्दा पाउने लक्की ड्र कुपनमार्फत भाग्यशाली विद्यार्थीले छात्रवृत्ति पाउनेछन्।

नेपालका चर्चित स्वदेशी ब्राण्डहरु शिखर सुज, बिएफ डियरहिल सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर विड्डस, टाकुरा सुज, इजी शुज, टम टेलर र शुल्याण्डसहितको ब्राण्डहरु एकै छानामुनि रहेको छ। विगतमा पनि नेपाली जुत्ता घरले यस्तैखाले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ। नेपाली जुत्ताघरले प्रारम्भिक बाल विकास केन्द्रकी संस्थापक पुष्पा बस्नेतलाई सो संस्थामा आश्रित बालबालिकाका लागि जुत्ता सहयोग गरेको थियो। यस्तै विभिन्न प्रकृतिक प्रकोपका बेला पनि आर्थिक तथा भौतीक सहयोग गर्दैआइरहेको छ। यसै आर्थिक वर्षदेखि जुत्ताघरबाट बिक्री भएको जुत्तामा प्रतिजोर २ रुपैया संकलन गरी एउटा शैक्षिक छात्रवृत्ति अक्षयकोषको स्थापना गर्न लागिएको छ। एसईई छात्रवृत्ति योजनाअन्तर्गत पहिलो पुरस्कार नगद छात्रवृत्ति ५० हजार एक जनालाई, दोस्रो पुरस्कार नगद छात्रवृत्ति २५ हजार दुई जनालाई, तेस्रो पुरस्कार नगद छात्रवृत्ति १० हजार रुपैयाँ पाँच जनालाई, सान्त्वना पुरुष्कार दुईजोर कलेज ड्रेस जुत्ता २० जनालाई उपलब्ध गराइने जुत्ताघरले जनाएको छ।

यसका लागि जुत्ता खरिद गर्दाको अर्धकट्टी कुपन अनिवार्य पेस गर्नुपर्नेछ। त्यस्तै, विद्यार्थी भएको परिचयपत्र, प्रमाणपत्र पेस गर्नुपर्नेछ। यो उपहार योजना नतिजा २०७६ भदौ १ गते नेपाली जुत्ताघर जमलमा प्रत्यक्ष खोलिने पनि उल्लेख गरिएको छ। यो उपहार योजना घोषणा भएको १५ दिनभित्र प्रमाण पेश गरी लगिसक्नुपर्नेछ, अन्यथा कम्पनी छात्रवृत्ति दिन बाध्य हुनेछैन। विजेताको नाम, कुपन नम्बर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिने नेपाली जुत्ताघरले जनाएको छ।

समर सेल अफर
यस्तै यस वर्षको समर सेल मेला पनि सुरु भएको छ। ग्राहकवर्गको चाहना र मागलाई ध्यानमा राखी विगतका ६ वर्षदेखि सञ्चालित नेपाली जुत्ता चप्पलहरुको बृहद् समर सेल मेला यस वर्ष पनि सोमबारबाट सुरु भएको हो। नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारीपाटी, बुद्ध मल बालाजुस्थित आफ्नै बिक्री कक्षमा स्टक रहुन्जेलसम्मका लागि यो योजना सञ्चालन भएको छ।

यो बृहत् समरसेल २०७६ को प्रमुख उद्देश्य नेपाली जुत्ता उद्योगहरुबाट उत्पादित गुणस्तरीय जुत्ताचप्पलहरु निश्चित समयको लागि १५ देखि ५० प्रतिशतसम्मको विशेष छुट र तीन सयदेखि विशेष सहुलियतसहित आश्चर्यजनक प्रतिस्पर्धी मूल्यमा बिक्री खरिद गर्न सकिनेछ। यस मेलालाई उपभोक्ताले सर्व सुलभ मूल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास जुत्ताघरले लिएको जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायले बताए।

यो समर सेल मेलामा नेपालका चर्चित ब्राण्डहरुः शिखर सुज, बिएफ डियरहिल सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर विड्डस, टाकुरा सुज, इजी शुज, टम टेलर र शुल्याण्ड गरी १० वटा ब्राण्डका जुत्ता चप्पलहरु बिक्री वितरण गरिनेछ। माथी उल्लेखित ब्राण्डका आकर्षक एवं गुणस्तरीय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस योजनामा उपलब्ध हुनेछन । यो समर सेल मेलामा करीव १ लाख देखी १ लाख ५० हजारको हाराहारीमा आगन्तुकहरुले अवलोकन गर्ने र करिब ४० देखि ५० हजार जोर जुत्ता चप्पलहरु बिक्री गर्ने कम्पनीको लक्ष्य रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .