ad ad

कारोबार


जनकपुरमा ‘श्रमाधान रोजगार मेला’ को शुभारम्भ गर्दै श्रममन्त्रीले भने– रोजगारी वृद्धि हुन्छ

जनकपुरमा ‘श्रमाधान रोजगार मेला’ को शुभारम्भ गर्दै श्रममन्त्रीले भने– रोजगारी वृद्धि हुन्छ

नेपालखबर
जेठ १९, २०८१ शनिबार १४:५६, गोदार (धनुषा)

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायकारूपमा सुरू गरिएको बताएका छन्।

जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घमा मेलाको आज शभारम्भ गर्दैे उनले बेरोजगार युवालाई उद्योगमा रोजगारी दिन उद्योगीलाई आग्रह गरे।

‘श्रमिकका धेरै समस्या आउँछन्। एउटै माध्यमबाट समस्या सङ्कलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो। सुझाव सङ्कलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न यसले सहयोग पुर्‍याउँदछ,’ उनले भने। 

सरकारले रोजगार बैंकको अवधारणा पनि अघि सारेको मन्त्री अर्यालले बताए। 

मन्त्री अर्यालले रोजगारीको खोजीमा मधेसबाट ठूलो सङ्ख्यामा युवा पुस्ता विदेश जानेक्रम नरोकिएकामा चिन्ता व्यक्त गर्दै कृषिकर्ममा लाग्न उनीहरूलाई लाग्न आग्रह गरे। ‘स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका चाङका चाङ समस्या आउँछन्। एउटै माध्यमबाट समस्या सङ्कलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो’, उनले भने।

मन्त्री अर्यालले मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न नसकिए पनि श्रमिक र रोजगारदाताका समस्या, आवश्यकताबारे बुझ्ने र दीर्घकालीनरूपमा श्रम क्षेत्रका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

गत बिहीबार विराटनगरबाट ‘श्रमाधान रोजगार मेला’को शुभारम्भ भएको हो। सातै प्रदेशमा हुने ‘रोजगार मेला’को शुभारम्भ भने विराटनगरबाट भएको हो।

कोसी प्रदेशको राजधानी विराटनगरमा बिहीवार र शुक्रबार मेला सञ्चालन हुनेछ। बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलाको उद्घाटन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .