ad ad

कारोबार


६९ अंकले बढ्यो सेयरबजार, कारोबार रकम साढे ३ अर्ब माथि

६९ अंकले बढ्यो सेयरबजार, कारोबार रकम साढे ३ अर्ब माथि

नेपालखबर
फागुन ११, २०७६ आइतबार १०:५०,

सेयरबजारमा आज उच्च अंकको वृद्धि भएको छ। कारोबार मापन गर्ने नेप्से सूचक ६९.५६ अंकले बढेको हो। त्यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सिटिभ सूचक पनि १७.०७ अंकले बढेको छ।

नेप्से भारी अंकले बढेर कारोबार अवधिमा १५०४.१४ विन्दुमा चढेको छ। सेन्सिटिभ सूचक समेत ३१७.५० विन्दुमा चढेको छ। आज बजारमा कुल १ सय ७८ कम्पनीको ८७ लाख ६९ हजार कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज मात्रै ३० हजार ४ सय ५८ पटक खरिदबिक्री भएको थियो। कुल १२ समूहका उक्त कम्पनीको कारोबार भएको हो।

उच्च अंकले बढेको दिन सबै समूहको कारोबार सूचक उकालो लागेका छन्। सबैभन्दा बढी जीवन बीमा १ सय ९२.३६ अंकले, निर्जीवन बीमाको १ सय ३९.८५ अंकले बढेको छ। आज धेरै कारोबार एनएमबी बैंकको १२ करोडको भएको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोडको, शिखर इन्स्योरेन्स कम्पनीको १० करोड ३७ लाखको, हिमालयन डिस्टिलरीको १० करोड ३४ लाखको, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ९ करोड ८२ लाखको कारोबार भएको छ।

आज कम्पनीहरुले ९.९६ प्रतिशतसम्म कमाइ गरेका छन् भने गुमाउनेहरुले माइनस ५.६ प्रतिशतसम्म गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .