नेपालीले सबैभन्दा बढी खानामै खर्च गर्ने देखिएको छ।
आर्थिक सर्वेक्षण २०८१ ले कुल निजी उपभोगमा खाद्य वस्तु उपभोगको अंश बढी देखाएको हो।
चालू आर्थिक वर्ष कुल निजी उपभोगमा खाद्य वस्तु ४८.६ प्रतिशत, लत्ता कपडा लगायत गैरखाद्य वस्तु १८.५ प्रतिशत र सेवाको अंश क्रमश: ३२.९ प्रतिशत रहने अनुमान रहेको छ।
गत आर्थिक वर्ष यस्तो अंश क्रमशः ४८.४ प्रतिशत, १८.७ प्रतिशत र ३२.९ प्रतिशत रहेको थियो।
पछिल्लो दशक कुल निजी उपभोगमा खाद्य, गैर खाद्य वस्तु र सेवाको अंश वार्षिक औसत क्रमशः ४९ प्रतिशत, १८.५ प्रतिशत र ३२.५ प्रतिशत रहेको छ।
417
Shares
प्रतिक्रिया