नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा थियो।
आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ २९ पैसा र बिक्रीदर १७० रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा थियो।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९६ पैसा थियो।
आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ४३५ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ०८ पैसा थियो।
त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ २८ पैसा थियो।
हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची
Shares
प्रतिक्रिया