ad ad

कारोबार


आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? हेर्नुहोस् सूची

आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? हेर्नुहोस् सूची

नेपालखबर
जेठ ६, २०८१ आइतबार ५:१०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य यथावत छ। अर्थात् शनिबार जुन मूल्यमा कारोबार भएको थियो आज पनि सोही मूल्यमा धेरैजसो मुद्राको कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।  

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो।  

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३० पैसा र बिक्रीदर १६९ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५० पैसा र बिक्रीदर ८८ रुपैयाँ ९० पैसा निर्धारण भएको छ। 

आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ९८ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८९ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .