नेपालको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड, सामसङले ग्यालेक्सी एम५५ ५जी लाई आधिकारिक रूपमा बजारमा ल्याएको छ।
कम्पनीका अनुसार यसमा यस सेगमेन्टकै अनेक लिडिङ विषेशताहरु उपलब्ध छन्। सामसङको लोकप्रिय ग्यालेक्सी एम सिरिजकाका यी नवीनतम विशेषताहरूले प्रयोगकर्ताहरूलाई अनुपम स्मार्टफोन अनुभव, सुपर एमलोड प्लस डिस्प्ले, धेरै टिक्ने ब्याट्री र शक्तिशाली प्रोसेसरहरू प्रदान गर्नेछन्।
आइकोनिक डिजाइन
ग्यालेक्सी एम५५ ५जी मा हामीले आइकोनिक ग्यालेक्सी सिग्नेचर डिजाइन, भव्यता र सोफिस्टिकेशन पाउन सक्छौं। मात्र ७.८ एमएमको चौडाइका साथ, सुपर स्लीक र हल्का वजनले यसको प्रयोगलाई अझै सहज बनाइदिएको छ। ग्यालेक्सी एम५५ ५जी हल्का हरियो र डेनिम ब्ल्याक दुई आर्कषक रंगहरूमा उपलब्ध छन्।
मोन्स्टर प्रदर्शन
मोन्सटर ब्याट्री
एमएएच ब्याट्री भएको ग्यालेक्सी एम५५ ५जी ले विस्तारित ब्राउजिङ, गेमिङ र विङ्ग वाचिङ सिरिजको लागि लामो समयसम्म चल्ने पावर प्रदान गर्दछ। ४५ डब्लु सुपर–फास्ट चार्जिङले प्रयोगकर्ताहरूले कम समयमा नै मोबाइल चार्ज गरी दिनभर कनेक्टेड रहन सक्छन्।
मोन्सटर डिस्प्ले
१२० एचजेड रिफ्रेस रेट भएको ६.७ फुल एचडी प्लस सुपर एमोल्ड प्लस डिस्प्लेका साथ ग्यालेक्सी एम५५ ५जी ले उच्च गुणस्तरको इमर्सिभ दृश्य प्रदान गर्दछ। १००० निट्स को हाई ब्राइटनेस मोड र भिजन बूस्टर प्रविधिको साथ प्रयोगकर्ताहरूले उज्यालो घाममा पनि आफ्नो मनपर्ने कन्टेन्टको मजा लिन सक्छन्।
मोन्सटर क्यामेरा
ग्यालेक्सी एम५५ ५जी मा उच्च रिजोल्युसन, शेक–फ्री भिडियो र फोटोहरूको लागि ५० एमपी (ओआईएस) नो शेक क्यामेरा पाउन सकिन्छ पनि उपलब्ध छ। नाइटोग्राफी र इमेज क्लिपर र अब्जेक्ट इरेजर जस्ता एआई– इन्हान्स्ड सुविधाहरूको साथ प्रयोगकर्ताहरूले जस्तो सुकै प्रकाशको अवस्थाहरूमा पनि आश्चर्यजनक उत्कृष्ट शटहरू खिच्न सक्छन्।
मोन्सटर ग्यालेक्सी अनुभव
ग्यालेक्सी एम५५ ५जी मा बएको भ्वाइस फोकस जस्ता आविष्कारले फोन कल गर्दा अरु वरपरका आवाजहरूलाई ब्लक गरी आवाज प्रष्ट बनाइदिन्छ। यसले उपभोक्ताका क्यिर कलिङको अनुभवलाई नै पुनः परिभाषित गरिदिएको छ।
डिफेन्स–ग्रेड नक्स सेक्युरिटी र सामसङ नक्स भल्टको साथ प्रयोगकर्ताहरूले हार्डवेयर र सफ्टवेयर आक्रमणहरू विरुद्ध कडा सुरक्षा पाउन सक्छन्। क्वीक शेयरले टाढाबाट पनि कुनै पनि उपकरणसँग तत्काल फाइल शेयर गर्ने सुविधा प्रदान गर्दछ।
मेमोरी भेरियन्ट, मूल्य, उपलब्धता र प्रस्तावहरू
ग्यालेक्सी एम५५ ५जी को ८/२५६जीबी संस्करणको रु. ४८ हजार ९९९ र १२/२५६जीबी संस्करणको रु. ५३ हजार ९९९ मूल्य निर्धारण गरिएको छ।
साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवाको साथमा यो नयाँ फोनलाई आफ्नो नागरिकताको साथमा प्रति महिना रु. २ हजार ४४९ बाट ० प्रतिशत ब्याज दरमा सजिलो ईएमआई मा प्राप्त गर्न सकिनेछ।
यो प्रक्रिया झन्झटमुक्त भएकोलेसम्भवतः एक घण्टा भित्रमा नयाँ ग्यालेक्सी एम५५ ५जी को साथ स्टोरबाट बाहिर निस्कन सकिने कम्पनीले जनाएको छ।
Shares
प्रतिक्रिया