सेयरबजार परिसूचक नेप्से बिहीबार बढेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा थामिएको हो।
साताको अन्तिम कारोबार दिन ०.२३ प्रतिशतले बढेको बजारमा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सय ६८ रुपैयाँबराबरको ६६ लाख १४ हजार ४ सय ४५ कित्ता सेयर बिक्री भएको छ।
योसँगै १२० कम्पनीको सेयर मूल्य बढेको, ११५ वटाको घटेको र १० वटाको अघिल्लो कारोबार मूल्यमा किनबेच भएको छ।
अन्तिम दिन विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, सामूहिक लगानी, अन्य र व्यापार उपसमूह हरियो भएका छन्। निर्जीवन, माइक्रोफाइनान्स, होटल र वाणिज्य बैंक भने राताम्य छन्।
धेरै बढेका र घटेका ५ सेयर टेबलमा
धेरै बढेका ५ सेयर
कम्पनी | अन्तिम मूल्य (रु) | बढेको दर (%) |
हिमालयन ऊर्जा विकास | ३१५.७० | १० |
सर्वोत्तम सिमेन्ट | १०८२.७० | ९.९६ |
हिमालयन हाइड्रोपावर | ३८३.८० | ८.७३ |
सामलिङ पावर कम्पनी | ५८९ | ८.०७ |
पिपल्स पावर | ५२० | ७.४४ |
धेरै घटेका ५ सेयर
कम्पनी | अन्तिम मूल्य (रु) | घटेको दर (%) |
उन्नति सहकार्य लघुवित्त | १४८५ | १० |
धौलागिरि लघुवित्त | १३०८.६० | १० |
हिमालयन ८०-२० | ९.१८ | ६.८० |
जोशी हाइड्रोपावर | ३४५ | ३.९० |
मैलुङ खोला जलविद्युत् | ४७२ | ३.२८ |
धेरै कारोबार भएका ५ सेयर
कम्पनी | कारोबार भएको रकम (रु) |
सर्वोत्तम सिमेन्ट | १९३७६२८६९ |
गुर्खाज फाइनान्स | १६१९८९५५८ |
शिवम् सिमेन्ट | १५३९३३६४९ |
सोनापुर मिनरल्स | १११८५३१६८ |
पिपल्स पावर | ७०३२३१७९ |
192
Shares
प्रतिक्रिया