ad ad

कारोबार


अमेरिकी डलर र दिनारको मूल्य घट्यो, अरु विदेशी मुद्राको के भयो?

अमेरिकी डलर र दिनारको मूल्य घट्यो, अरु विदेशी मुद्राको के भयो?

नेपालखबर
फागुन २४, २०८० बिहिबार ४:४८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर र दिनारको मूल्य घटेको छ भने बेलायती पाउन्ड, युरोपियन युरो, अस्ट्रेलियन डलर, सहित धेरै विदेश मुद्राको मूल्य भने बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९४ पैसा थियो। 

आजको लागि युरो १ को खरिदर १४३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ।  हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा थियो। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६१ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३३ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४२९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ १२ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ०७ पैसा थियो। 

आजको लागि बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ७५पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६४ पैसा थियो। 


हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .