कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै बीमा सुविधासहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता सञ्चालनमा ल्याएको छ।
यस प्रकारको खाता खोल्ने ग्राहकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा ७ लाखसम्मको दुर्घटना बीमा र १ लाखसम्मको ओषधिउपचार बीमा सुविधा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ।
काठमाडौंकाे ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १ सय १८ वटा शाखा तथा ६२ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ।
बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सीआस्बा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।
प्रतिक्रिया