ad ad

कारोबार


बंगलादेशले नेपालको बिजुली डलरमा किन्ने, ५ वर्षे सम्झौताको तयारी

बंगलादेशले नेपालको बिजुली डलरमा किन्ने, ५ वर्षे सम्झौताको तयारी

कार्यकारी निर्देशक कुलमान घिसिङ।


नेपालखबर
फागुन १४, २०८० सोमबार १८:२४, काठमाडौँ

नेपालले आगामी वर्षायाममा बंगलादेशलाई विद्युत बिक्री गर्ने भएको छ। 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जुनबाट अमेरिकी डलरमा कारोबार सुरु गर्ने बताएका हुन्। 

बिहीबार प्राधिकरणका घिसिङसहितको टोली बंगलादेश भ्रमण गरेको थियो। सो क्रममा नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच सकारात्मक वार्ता भए पनि सम्झौता हुन बाँकी छ। 

‘वर्षायामबाट बङ्गलादेशमा विद्युत निर्यात गर्ने विषयमा समझदारी बनेको छ,’ घिसिङले नेपालखबरसंग भने, ‘हामीले प्रतियुनिट मूल्य तोकर प्रस्ताव गरेका छौं। उनीहरुले माथिल्लो निकायबाट स्वीकृत गराउन समय मागेका छन्।’

प्राधिकरणले बीपीडीबीअन्तर्गतको बोलपत्र मूल्याङ्कन समितिसँग ढाकामा वार्ता गरेको थियो। नेपालमा खपतभन्दा बढी उत्पादन हुने वर्षातमा विद्युत् खरिद हुने बताइएको छ।    

प्राधिकरणले ५ वर्षको लागि सम्झौता गर्ने तयारी गरेको छ। जुनदेखि नोभेम्बरसम्म विद्युत बिक्री गर्ने प्रस्ताव पठाएको छ। नेपालले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तर्देशीय प्रसारणलाइनमार्फत भारतको बरमपुर–भेरामारा हुनै विद्युत् बंगलादेश पुर्‍याउनेछ। 

विद्युत निर्यातको सुरुवात नेपाल, भारत र बंगालादेशका प्रधानमन्त्रीबाटै सुरुवात गर्ने तयारी गरिएको छ। तर मोडालिटी टुंगिन बाँकी रहेको प्राधिकरणले जनाएको छ। 

‘सुरुवात कसरी गर्ने भन्ने मोडालिटीको विषयमा छलफल हुँदै छ। सम्झौतासँगै उद्घाटनको मोडालिटी तय हुन्छ’, घिसिङले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .