ad ad

कारोबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा खुला

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा खुला

नेपालखबर
असार १५, २०७६ आइतबार १२:३७,

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक २१ घण्टा खुला भएको छ।

तीन महिनादेखि दैनिक १० घण्टा बन्द भएको विमानस्थल धावनमार्गको कालोपत्रे परिवर्तनको काम शनिबार सकिएपछि समयमै सञ्चालनमा आएको छ।

धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुने गरेको थियो। धावनमार्ग मर्मतकाे काम चैत १८ देखि सुरू गरिएको थियो। दैनिक ९० जना कामदार परिचालन भएर ३ हजार ५० मिटर लामो धावनमार्गको कालोपत्रे फेर्ने काम गरेका थिए।

यसअघि धावनमार्ग कमजोर हुँदा वर्षाको समयमा चिरा पर्ने गरेको थियो। जसले गर्दा दैनिक उडान प्रभावित हुँदै आएको थियो।

चिनियाँ कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इञ्जिनियरिङ कर्पोरेसनले ट्याक्सी वेसहितको कालोपत्रे फेर्ने कामका लागि ४ अर्ब २७ करोड नेपाली रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

आजबाट २१ घण्टा खुले पनि भदौ १५ देखि पुस १५ सम्म विमानस्थल फेरि ८ घण्टा बन्द हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। ट्याक्सी रनवेको काम सुरू गर्नका लागि विमानस्थल फेरि बन्द गर्न लागिएकाे हाे।

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा हरेक एक दशकमा कालोपत्र फेर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ। तर नेपालको विमानस्थल निर्माण भएयता कालोपत्रे फेरिएको थिएन।

विमानस्थलमा अहिले १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन्। जहाँबाट आन्तरिकतर्फ हेलिकप्टरसहित २० र अन्तर्राष्ट्रिय उडानमा तीन नेपालीसहित ३१ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .