ad ad

कारोबार


अमेरिकी एजेन्सीबाट हिमालयन रिले पायो बीप्लस रेटिङ, युरोपबाट पनि व्यवसायको बाटो खुल्यो

अमेरिकी एजेन्सीबाट हिमालयन रिले पायो बीप्लस रेटिङ, युरोपबाट पनि व्यवसायको बाटो खुल्यो

नेपालखबर
माघ ११, २०८० बिहिबार १५:१९, काठमाडौँ

केही दिनअघि मात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृति पाएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले अर्काे सफलता हासिल गरेको छ। 

कम्पनीहरुको रेटिङ गर्ने अमेरिकी एजेन्सी एएम बेस्टबाट बीप्लस रेटिङ पाएको हो। उक्त संस्थाबाट रेटिङ प्राप्त गर्ने हिमालयन रि नेपालको पहिलो कम्पनी समेत भएको छ। 

नेपालजस्तो दक्षिण एसिया प्रान्तीय राष्ट्रमा स्थापित यस कम्पनीले एएम बेस्टबाट रेटिङ गराएको दोस्रो वर्षमै आफ्नो रेटिङ बीबाट बीप्लसमा स्तरोन्नति गराएको हो। यसलाई कम्पनीले ठूलो उपलब्धि मानेको छ। यो रेटिङले कम्पनीको वासलात अन्यन्त सबल रहेको जनाउँछ।

स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनीको छवि बनाएको छ। यो रेटिङ प्राप्त गरेसँगै दक्षिण पूर्व एशिया, मध्यपूर्व, अफ्रिकी तथा युरोप प्रान्तहरुबाट पुनर्बीमा व्यवसाय गर्न ढोका खुल्ला भएको कम्पनीले जनाएको छ। 

यसले कम्पनीको अन्तर्राष्ट्रिय पुनर्बीमा व्यवसायमा उल्लेख्य वृद्धि हुने कम्पनीले जनाएको छ। यसबाट कम्पनीले राष्ट्रका लागि बहुमूल्य विदशी विनियम आर्जन गर्न उदाहरणीय योगदान गर्नका साथै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा स्थापना गर्न समेत टेवा पुग्ने आशा कम्पनीले लिएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .