ad ad

कारोबार


अमेरिकी डलरको भाउ यथावत रहँदा युरो, पाउन्ड र दिनारको बढ्यो

अमेरिकी डलरको भाउ यथावत रहँदा युरो, पाउन्ड र दिनारको बढ्यो

नेपालखबर
माघ ८, २०८० सोमबार ५:१, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनियमत दर सार्वजनिक गरेको छ। 

अघिल्लो दिनको कारोबारको तुलनामा आज अमेरिकी डलरको भाउ यथावत रहँदा, दिनार, पाउण्ड, युरोसहित केही विदेशी मुद्राको भाउ बढेको छ।

आज युरो एकको खरिददर १४४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ निर्धारण भएको छ। आइतबार युरो एकको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ ०५ पैसा थियो। 

त्यसैगरी आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रुपैयाँ २१ पैसा तोकिएको छ। आइतबार र सोमबार अमेरिकी डलरको कारोबारदर एउटै छ।

त्यस्तै कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ। आइतबार कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा थियो। 

आज कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ९० पैसा र बिक्रीदर ४३२ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ। आइतबार कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ८० पैसा र बिक्रीदर ४३२ रुपैयाँ ७५ पैसा थियो। 

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ३४ पैसा तोकिएको छ। आइतबार कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ८० पैसा र बिक्रीदर ४३२ रुपैयाँ ७५ पैसा थियो। 

आज बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६९ रुपैयाँ २० पैसा निर्धारण भएको छ। आइतबार बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा थियो।

त्यसैगरी आजको लागि अस्टेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५० पैसा र बिक्रीदर ८७ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। आइतबार अस्टेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८५ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .