ad ad

कारोबार


रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ

रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ

नेपालखबर
पुस २३, २०८० सोमबार १७:२८, काठमाडौँ

सहकारीको रकम हिनामिना गरी फरार रहेको आरोपमा प्रहरीले रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्क बहादुर कठायत र सदस्य विनोद कुमार ओझालाई पक्राउ गरेको छ।

काठमाडौंको तिनकुनेमा केन्द्रीय कार्यालय रहेको सो सहकारीले जोरपाटी र भक्तपुरमा शाखा कार्यालय सञ्चालन गरी रकम उठाएका थिए।

बचतकर्ताहरूले हालसम्म दिएको जाहेरी अनुसार १२ करोड ३५ लाख ४८ हजार २०२ रुपैयाँ ९२ पैसा बचत रकम अपचलन तथा हिनामिना भएको प्रहरीले जनाएको छ।

सहकारी सञ्चालक समितिका सदस्यहरूले निक्षेपकर्तालाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएका थिए।

मासिक/त्रैमासिक/वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक–पटक ताकेता गर्दा पनि फिर्ता दिएनन्।

त्यसपछि निक्षेपकर्ताहरुले आफ्नो रकम जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराईदिने तर्फ आवश्यक पहल नगरी संस्था नै बन्द गरेपछि प्रहरीलाई गुहारेका थिए।

फरार रहेका अध्यक्ष कठायत र सदस्य ओझालाई प्रहरीले पुस १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .