ad ad

कारोबार


सीजी डिजिटल र जगदम्बा क्रेडिटको सहकार्यमा शून्य प्रतिशत किस्ताबन्दीको सुविधा

सीजी डिजिटल र जगदम्बा क्रेडिटको सहकार्यमा शून्य प्रतिशत किस्ताबन्दीको सुविधा

नेपालखबर
पुस १५, २०८० आइतबार १७:८, काठमाडौँ

सीजी डिजिटल र जगदम्बा क्रेडिटको साझेदारीमा शून्य प्रतिशत ब्याजदरमा एलजी, सीजी र बेको ब्रान्डका घरेलु उपकरणहरू जस्तै टीभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनर सुपथ मूल्यमा खरिद गर्न पाइने भएको छ।

यो सहकार्यले इलेक्ट्रोनिक्स् उपभोक्ताहरुका लागि अब नयाँ आयाम ल्याउने लक्ष्य राखेको सीजीले जनाएको छ।

अब १२ महिने शून्य प्रतिशत किस्ताबन्दीको लागि क्रेडिट कार्डको आवश्यकता नपर्ने र यसले नयाँ उपभोक्ताहरुका लागि थप अवसर खोलेको छ। यसका साथै झन्झट मुक्त शून्य प्रतिशत किस्ताबन्दी सुबिधाले न्यूनतम अग्रिम लागतमा, शून्य प्रतिशत ब्याजदरमा नै उपभोक्ताले उच्च गुणस्तरीय इलेक्ट्रोनिक्स् उत्पादनहरु खरिद गर्न सक्नेछन्।

ग्राहकहरूले एलजी, सीजी र बेको ब्रान्डका घरेलु उपकरणहरू जस्तै टीभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनरहरू विशेष छुटमा नै शून्य प्रतिशत किस्ताबन्दी सुबिधाको लाभ उठाउन सक्नेछन्।

सीजी डिजिटल र जगदम्बा क्रेडिटसँग भएको संयुक्त सहकार्यले उपभोक्ताको क्रयशक्ति बढाउन मद्दत् गर्ने र इलेक्ट्रोनिक्स् बजारमा यो एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेमा दुवे पक्ष विस्वस्त छन्।

यो सुविधा उपत्यकाभित्र रहेका सबै सीजी डिजिटल शोरुमहरुमा उपलब्ध हुनेछ। तसर्थ, ग्राहकहरूले आफ्नो सुविधा अनुसार नजिकैको शोरूममा सम्पर्क गर्न वा भ्रमण गर्न सक्नेछन्।

थप जानकारी र कुनै जिज्ञासाको लागि ९८०१९०८९४९ र ९८५१२३७०३८ मा फोन गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .