न्युजिल्यान्डले सन् २०२४ लाई स्वागत गरेको छ।
अकल्यान्डस्थित चर्चित स्काई टावरमा अंग्रेजी नयाँ वर्षको स्वागत गरिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।
बीबीसीका अनुसार प्यासिफिक नेसन अफ किरिबाटीका बासिन्दाले १ घण्टाअघि नै अंग्रेजी नयाँ वर्ष मनाएका थिए।
अबका आगामी केही घण्टाहरु विश्वभर नयाँ वर्षको उल्लासमय हुनेछन्।
यता अस्ट्रेलियाको हार्बर ब्रिज र अपेरा हाउसमा पनि यस्तैखाले उत्सव हुनेछ।
सबैभन्दा पहिले नयाँ वर्ष स्वागत गर्ने किरिबाटी हो भने सबैभन्दा अन्तिममा नयाँ वर्ष स्वागत गर्ने किरिबाटीबाट ६५० माइल टाढाको बेकर आइल्यान्ड हुनेछ। जहाँ सुरुको स्वागतभन्दा २६ घण्टापछि अन्तिम स्वागत गरिनेछ।
केही तस्बिरहरु
सबै तस्बिर : बीबीसी
30
Shares
प्रतिक्रिया