ad ad

कारोबार


चारवटा सिमेन्ट उद्योग बन्द हुँदा पाँच सय मजदुर बेरोजगार, अरु पनि बन्द हुँदै

चारवटा सिमेन्ट उद्योग बन्द हुँदा पाँच सय मजदुर बेरोजगार, अरु पनि बन्द हुँदै

फाइल तस्बिर


नेपालखबर
पुस १, २०८० आइतबार १८:२४, काठमाडौँ

बारा–पर्सा औद्योगिक कोरिडोमा सञ्चालित चार  सिमेन्ट उद्योग बन्द हुँदा त्यहाँ कार्यरत पाँच सयभन्दा बढी मजदुर बेरोजगार भएका छन्।

आर्थिक मन्दीका कारण देशकै सबैभन्दा ठूलो आर्थिक कोरिडोरमा सञ्चालित इन्टरनेशनल सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कृष्णा सिमेन्ट र आरमेसि सिमेन्टले उत्पादन बन्द गरेपछि त्यहाँ कार्यरत मजदुर र कर्मचारी बेरोजगार भएका हुन्।

कोरिडोमा सञ्चालित १२ उद्योग मध्ये चारवटा बन्द भएका छन्। बाँकी उद्योग पनि बन्द हुने अवस्थामा पुगेका वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् श्री सिमेन्ट उद्योगका सञ्चालक अनिल अग्रवालले बताए।

उनले बैंहरूको बढ्दो व्याज, पूर्वाधार विकासको निर्माणमा कमी र भएको निर्माण कार्यको भुक्तानी नगरिएका कारण समस्या उत्पन्न भएको बताए। सिमेन्टको माग घट्दै गएकाले पनि उद्योगहरू बन्द भएका अधयक्ष अग्रवालले बताए।
 
भारतले नेपाली सिमेन्ट उद्योगलाई निःशुल्क उपलब्ध गराउँदै आएको खरानीमा प्रतिटन एक हजार कर लिँदै आएको छ।

यसतर्फ सरकारको ध्यान जान आवश्यक भएको उनले बताए। नेपाली सिमेन्ट उद्योगले वर्षौँदेखि माग गर्दै आएकोे भारतीय गुणस्तर चिह्न बीआईएस दिलाउन सरकारले पहल गरे भारत निर्यात भएर उद्योगलाई फाइदा पुग्ने उद्योगीहरु बताउँछन्। 

रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .