गत हप्ता अमेरिकी धनाढ्य जेफ बेजाेसकाे लागि सुखद रह्याे किनभने गत शुक्रबार अमेजनकाे सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढ्दा बेजाेसले एकै दिन ८ अर्ब डलर सम्पत्ति जाेडे।
७ प्रतिशतभन्दा बढीले सेयर बढेर प्रतिकित्ता २ हजार डलर पुगेपछि बेजोसले एकै दिन अर्बौं डलर जोडेको सीएनएनले जनाएको छ।
बेजोस अमेजन कम्पनीका मालिक हुन्। उनको करिब ५७.५ मिलियन कम्पनीमा सेयर छ। अर्थात् कम्पनीमा उनी एक्लैको सेयर १२ प्रतिशत छ।
कम्पनीमा फाइदा हुनासाथ उनको सम्पत्ति बढ्ने गर्छ। ब्लुमबर्गका अनुसार अरबौं सम्पत्ति एकै हप्तामा जोडेपछि जेफ बेजोसको हालको सम्पत्ति १ सय २४ अर्ब डलर पुगेको छ।
प्रतिक्रिया