नेपाल वायुसेवा निगमले अपांगता परिचयपत्र भएका यात्रुलाई ५० प्रतिशत छुट दिने भएको छ।
अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा आइतबारबाटै लागू हुने गरी रातो, निलो र पहेँलो वर्गको परिचयपत्र लिएका यात्रुले आन्तरिक उडानमा छुट पाउनेछन्।
‘निगमको हरेक आन्तरिक उडानमा पहिला आउने २ जनालाई यात्रुलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको’ निगमले जनाएको छ।
छुट सुविधाको लागि यात्रुले आफ्नो सक्कल परिचयपत्रसहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने जनाएको छ।
36
Shares
प्रतिक्रिया