साताको अन्तिम कारोबार दिन सेयरबजार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक १९.५१ ले र ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ३.५७ अंकले बढेको हो।
आज बजारमा कुल १ सय ७८ कम्पनीको कारोबार भएको छ। ११ बजे बजार खुलेयता ३ बजे बजार बन्द हुनुअघि १९ हजार ८ सय ७४ पटकको खरिदबिक्रीपछि १ अर्ब ९६ करोड रुपैयाँको ४६ लाख कित्ता सेयर बिक्री भएका छन्।
कुल १२ समूहमध्ये आज व्यापारबाहेक बाँकी सबैको कारोबार सूचक बढेका छन्। व्यापार समूहको १५.३१ अंकले सूचक घटेको छ। आज पनि दुवै बीमा समूहको सूचक उच्च अंकले बढेको छ।
कारोबार धेरै गर्ने कम्पनीमा भने आज सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड ३६ लाखको सेयर कारोबार भएको छ। त्यस्तै प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ करोड २० लाखको, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ९३ लाखको, एसियन लाइफ इन्स्योरेन्सको ६ करोड ८१ लाखको र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ करोड ६८ लाखको सेयर कारोबार भएको छ।
कमाउने कम्पनीमा आज एभरेष्ट इन्स्योरेन्स अगाडि छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दा सेयरधनीले ३८ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। त्यस्तै सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९.८६ प्रतिशतले सेयर बढ्दा सेयरधनीको हातमा ४२ रुपैयाँ प्रतिकित्ता परेको छ।
यसबाहेक युनाइटेड फाइनान्सको ८.९३ प्रतिशतले, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ८.२९ प्रतिशतले र युनाइटेड इन्स्योरेन्स कम्पनीको ७.३२ प्रतिशतले सेयर मूल्य बढेको छ।
घाटा व्यहोर्नेमा भने हिमालय ऊर्जा विकास कम्पनी अगाडि छ। कम्पनीको सेयर मूल्य ५.३६ प्रतिशतले घटेको हो। त्यसपछि क्रमशः नाडेप लघुवित्त वित्तीय संस्थाको ४.९९ प्रतिशतले, गोर्खाज फाइनान्सको ४.६९ प्रतिशतले, कर्णाली डेभलपमेन्ट बैंकको ३.६० प्रतिशतले र घोडिघोडा लघुवित्त वित्तीय संस्थाको ३.२६ प्रतिशतले सेयर घटेको छ।
प्रतिक्रिया