ad ad

कारोबार


सीजी ब्रुअरीमा बोनस माग्दै मजदुरले गरे व्यवस्थापन अधिकारीमाथि कुटपिट

सीजी ब्रुअरीमा बोनस माग्दै मजदुरले गरे व्यवस्थापन अधिकारीमाथि कुटपिट

नेपालखबर
कात्तिक २, २०८० बिहिबार १५:४९, काठमाडौँ

सीजी ब्रुअरी प्रालीमा बोनसको विषयलाई लिएर मजदुरहरुले व्यवस्थापन अधिकारीमाथि कुटपिट गरेका छन्। बुधबार मजदुरले बोनसको विषयलाई लिएर गरेको अराजक व्यवहार गरेको कम्पनीले जनाएको छ।

ब्रुअरीमा कार्यरत मजदुरहरूले अनधिकृत बोनस माग गर्दै व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि गरेका हुन्।

देशको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको, बजार शिथिल बनेको र कम्पनीहरू न्यून क्षमतामा सञ्चालन भई अस्तित्व रक्षाका लागि संघर्ष गरिहेको अवस्थामा मजदुरले अनाधिकृत बोनस माग गरेको कम्पनीले जनाएको छ।

यस्ता गैर कानूनी क्रियाकलापको समाधान कानून बमोजिम हुने कुरामा कम्पनी स्पष्ट रहेको विज्ञप्तिमार्फत कम्पनीले चेतावनी दिएको छ।

सीजी ब्रुअरीले विगतमा समग्र औद्योगिक सम्बन्ध बिग्रिएको अवस्थामा समेत सीजी इन्डष्ट्रियल पार्कमा व्यवस्थापन र मजदुरबीचको सौहाद्रपूर्ण वातावरण देशकै उदाहरणका रुपमा लिने गरिएको विज्ञप्तिमा बताइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सीजी ब्रुअरीले देशको आर्थिक अवस्था सहज रहेको समयमा आफ्ना मजदुर/कर्मचारीलाई विगत वर्षहरुमा छ महिनासम्मको बोनस वितरण गरेको थियो। तर, अहिले अर्थतन्त्र मन्दीबाट गुज्रिरहेका कारण त्यसको गम्भीर नकारात्मक असर सीजी ब्रुअरीमा परेको छ।’

कम्पनीले भनेको छ, ‘अघिल्लो वर्षको तुलनामा सीजी ब्रुअरीका उत्पादनको बिक्रीमा २५ प्रतिशतले ह्रास आएको छ। यस्तो अवस्थामा कम्पनीले आफ्ना मजदुर÷कर्मचारीको रोजगारीमा असर नपरोस् भनेर कठिन अवस्थामा पनि व्यवस्थापन गर्दै आएको छ। तर, कम्पनी नोक्सानमा रहेको अवस्थामा पनि बोनसको माग गर्दै व्यवस्थापनका अधिकारीमाथि निर्मम रुपमा कुटपिटमा उत्रिनु अत्यन्तै अशोभनीय छ।’

आफ्ना असहमतिहरुलाई शान्तिपूर्ण वार्ताको माध्यमद्वारा अगाडि सारिनुपर्नेमा व्यवस्थापनमा रहेका अधिकारीहरुमाथि कुटपिट गर्ने, ढुंगामुढा गर्ने, कार्यालयहरू तोडफोड गर्ने लगायतका अराजक गतिविधिहरू सैह्य नहुने विज्ञप्तिमा जनाइएको छ।

यस्तो गतिविधिमा व्यवस्थापन पक्षको गम्भीर ध्यानाकर्षण भएको र आवश्यक कानुनी उपचार खोज्ने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .