ad ad

कारोबार


ओपो २०१९ प्राविधिक विकास वर्षको समिक्षा

ओपो २०१९ प्राविधिक विकास वर्षको समिक्षा

नेपालखबर
माघ १४, २०७६ मंगलबार १४:३३,

 सन् २०१९ प्राविधिक विकासका लागि निकै सफल वर्ष रह्यो। यो वर्षमा ओपोले विभिन्न क्रान्तिकारी प्रविधिहरु सार्वजनिक गर्नुका साथै, एआई र फाइभजी लगायत उदयीमान प्रविधि सम्बन्धी विभिन्न रणनीति समेत घोषणा गरेको छ। सन् २०१९मा ओपोद्वारा हात पारेका केही उल्लेखनीय प्राविधिक उन्नती बारे कम्पनीले जानकारी प्रस्तुत गरेको छ।

फेब्रुअरी २०१९–टेनएक्स हाइब्रिड जुम फोटोग्राफीः

सन् २०१९को सुरुवातमै सार्वजनिक गरिएको नवप्रबर्तनात्मक टेनएक्स लसलेस जुम प्रविधिले ओपोको प्रतिष्ठा मोबाइल उपकरण नवप्रबर्तकका रुपमा अझ माथि उठाइदिएको छ। टेनएक्स हाइब्रिड जुम सहितको फोन साथमा हुँदा ब्यवसायिक फोन आफ्नो साथमा भएको झैँ अनुभव हुन्छ।

10x_Hybrid_Zoom.jpg

मानिसहरुलाई संसारमा निहित सम्भावना तथा तिनका वरपर रहेका सुन्दरता अनुभव गराउन ओपो हरपल तत्पर छ। टेनएक्स हाइसब्रड जुम जस्ता फोटोग्राफिक तथा सिनेमाटोग्राफिक विकासका माध्यमबाट सबैलाई कला निर्माण तथा सुन्दरता कैद गर्न दैनिक अवसर प्रदान गर्ने ओपोको उद्देश्य प्राप्तिको अझ नजिक भएको छ।

मे २०१९– यूरोपियली बजारमा पहिलो ब्यवसायिक फाइभजी स्मार्टफोन

सन् २०१९को मे महिनामा सार्वजनिक भएसँगै ओपो रेनो फाइभजी यूरोपियली बजारमा भित्रिएको पहिलो ब्यवसायिक फाइभजी स्मार्टफोनका रुपमा स्थापित भयो। स्विसकमसँग सहकार्य गर्दै रेनो फाइभजीको स्ट्जिरल्याण्डमा विक्रि आरम्भ गरिएसँगै विश्वभरका थप बजारमा यो फोन उपलब्ध गरिएको थियो।

5G.jpg

फाइभजी नेटवर्क क्षमताका साथै रेनो सिरिजले लुकाइएको फ्रण्ट फेसिङ क्यामेरा सहितको फुल पानोरामिक स्क्रिन, नवप्रबर्तनात्मक पिभोट राइजिङ क्यामेरा, टेनएक्स हाइब्रिड जुम सहितको तीन ओटा लेन्स सहित रियर क्यामेरा तथा सर्वोत्कृष्ट हार्डवेयर लगायत अत्याधुनिक प्रविधिहरु मार्फत उत्कृष्ट प्रयोग अनुभव प्रदान गरेको छ।

सेप्टेम्बर २०१९–सुपरभोक २.० फ्ल्याश चार्जिङ

भोक फ्ल्याश चार्जिङले स्मार्ट उपकरण चार्जिङ प्रविधिलाई अझ अगाडी लानुका साथै, औद्योगिक मानकलाई समेत निरन्तर चुनौती प्रस्तुत गर्दै आइरहेको छ। २०१९मा ओपोले भोक फ्ल्याश चार्जिङ प्रणालीका विभिन्न संस्करणहरु पनि सार्वजनिक गरिसकेको छ।

Super_VOOC.jpg

ती मध्येपनि मात्र ३० मिनेटको समयमा ४ हजार एमएएच क्षमताको ब्याट्रीलाई पूर्णतः चार्ज गर्न सक्ने, ओपो रेनो एस मार्फत उपलब्ध गरिएको सुपरभोक २.० प्रविधिलाई अहिले पनि विश्वकै उन्नत चार्जिङ समाधानका रुपमा लिइन्छ। ओपोको चार्जिङ प्रविधि निरन्तररुपमा परिस्कृत हुँदै आइरहेको छ र यसको थप विकसित रुप सन् २०२०मा पनि आउँदै गर्ने निश्चित छ।

डिसेम्बर २०१९– फाइभजी उपकरण ईकोसिस्टम (ओपो फाइभजी सीपीई, ओपो एआर ग्लास लगायत)

ओपो ईन्नो डे २०१९ मार्फत ओपोले नवप्रबर्तनात्मक फाइभजी उपकरण ईकोसिस्टमको घोषणा गर्‍यो। यसले मानवतालाई ईन्टेलिजेन्ट कनेक्टिभिटीको नयाँ यूगमा लान थप योगदान पुर्‍याएको छ। आउने तीन बर्षमा ओपोले ७ बिलियन यूएस डलर कोर हार्डवेयर, सफ्टवेयर र फाइभजी प्रणाली प्रविधिको विकासका लागि आरएण्डडीमा खर्चने छ।

ओपोद्वारा योजना गरिएको भविष्यका लागि रणनीतिलाई तीन प्रमुख बुँदामा बाँधिएका छन्। जसमा प्राविधिक विकासका लागि अग्रगामी नेतृत्वदायी भुमिका निभाउने प्रतिबद्धता गरेकाे छ। प्राविधिक अनुभवलाई थप सुदृढ बनाउन फाइभजी र एआईलाई आधार मान्दै एकिकृत प्राविधिक ईकोसिस्टमको विकासका लागि पहल गरेकाे छ। यस्तै प्रयोगकर्ता सेवा र सामग्री प्रस्तावका लागि निरन्तर आँकलन र सुधार उपलब्ध गराइरहने प्रतिबद्धता पनि व्यक्त गरिएकाे छ।

फाइभजी डिभाइस ईकोसिस्टमका सम्भावना प्रस्तुत गर्न ओपोले फाइभजी सीपीई, एआर ग्लासेज, स्मार्ट हेडफोन्स र स्मार्ट वाचेज लगायत विभिन्न स्मार्ट उपकरणहरुको घोषणा समेत गरिसकेको। ओपो स्मार्ट उपकरण निर्माण तथा विकासको दिर्घकालिन योजना मार्फत प्रयोगकर्ताहरुका लागि विशेष, सहज र ब्यक्तिगत अनुभव प्रदान गर्नु प्रमुख उद्देश्य हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .