सेयरबजार १९ सय विन्दु ओर्लिएको छ। आज बजार १९.०६ अंकले घटेर १८८९.५९ विन्दुमा झरेको हो। १९ सय ८ विन्दुमा खुलेको बजार ०.९९ प्रतिशतले घटेको छ।
बजार घटेपनि कारोबार भने सामान्य सुधार देखिएको छ। आज बजारमा १ अर्ब २८ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बजारमा १ अर्ब १४ करोडको कारोबार भएको थियो।
घटेको बजारमा ३१ कम्पनीको सेयरमूल्य बढेको छ भने १९३ कम्पनीको घटेको छ। ९ कम्पनीको सेयरमूल्य भने स्थिर नै देखिएको छ।
पछिल्लो समय बजारमा निरन्तर गिरावट आएको छ। मार्जिन प्रकृतीको सेयर धितो कर्जामा रहेको एकल ग्राहकको सिमा बढाउदा समेत बजार उत्साह देखिएन।
सेयर कर्जाको जोखिम भार नघटाएसम्म सेयर धितो कर्जा नबढ्ने जानकार बताउँछन। बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम (तरलता) अधिक हुँदा समेत सेयर धितो कर्जा बढ्न सकेको छैन।
सेयर धितो कर्जा बढ्नुमा जोखिमभार मुख्य कारण रहेको उनीहरुको भनाई छ।
आज अपरलोहर खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५.८६ प्रतिशतले बढेको छ। त्यसैगरी सानिमा आईजीआई इन्स्योरेन्सको सर्वाधिक २० करोड ३७ लाख, नबिल बैंकको ३ करोड ४४ लाख र एनआईसी एशिया बैंकको ३ करोड २ लाखको कारोबार भएको छ।
Shares
प्रतिक्रिया