ad ad

कारोबार


वीरगञ्जमा सञ्चालित क्यान इन्फोटेक मेला सम्पन्न

वीरगञ्जमा सञ्चालित क्यान इन्फोटेक मेला सम्पन्न

नेपालखबर
माघ १३, २०७६ सोमबार १४:२८,

नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था तथा व्यवसायीहरुको छाता संगठन क्यान महासंघ पर्साद्वारा आयोजित क्यान इन्फोटेक आईटी मेला २०२० सम्पन्न भएको छ। गत माघ ९ गतेबाट आयोजना भएको क्यान इन्फोटेक २०२० को अन्तिम दिन सोमबारसम्म करिब २० हजारभन्दा बढीले अवलोकन गरे।

५ दिनसम्म चलेको क्यान ईन्फोटेक २०२० मा सूचना प्रविधीसँग सम्बन्धीत करिब ६० भन्दा बढी स्टल राखिएका थिए। आइटी क्षेत्रमा भविष्य बनाउन चाहनेहरुका लागि क्यान ईन्फोटेक पछिल्लो समय अध्ययन स्थलका रुपमा स्थापित भएको थियो।

‘आईटिका बारेमा धेरै जान्न पाए। यस्ता मेला अझै आयोजना हुनुपर्छ।’ मेला अवलोकन गर्दै गरेका सन्तोष साहले भने।

केन्द्रीय स्तरको क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शिर्ष प्रायोजन प्रभु पे, एसोसिएट प्रायोजकमा वल्डलिंक कम्युनिकेशन लिमिटेड, अफिसियल इन्सोरेन्स प्रभु इन्सोरेन्सले प्रायोजन गरेको छ। त्यस्तै हाल सम्म प्लाटिनम स्पोन्सरमा डाईनामिक टेक्नोसफ्ट, गोल्ड स्पोन्सरमा ब्रदर र लर्ड बुद्ध एजुकेशन फाउण्डेसन, सिल्भर स्पोन्सरमा एस पावर, भायनेटले प्रायोजन गरेका छन्।

क्यान महासंघ पर्साले आयोजना गरेको क्यान इन्फोटेक यसभन्दा अगाडि सन् २०१८ मा आयोजना गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .