ad ad

कारोबार


मन्त्री नै भन्छन् : सरकारले क्रसर उद्योगको व्यवस्थापन गर्न सकेन, अदालत क्रान्तिकारी भयो

मन्त्री नै भन्छन् : सरकारले क्रसर उद्योगको व्यवस्थापन गर्न सकेन, अदालत क्रान्तिकारी भयो

नेपालखबर
असोज १२, २०८० शुक्रबार १७:४८, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नसकेको स्वीकार गरेका छन्।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री रिजालले सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा देखापरेका समस्या समाधान गर्न नसकेको स्वीकार गरेका हुन्। उनले समस्या उद्योगी, व्यवसायीको नभइ मन्त्रालय, सरकार र संसदभित्र रहेको बताए।

उनले भने, ‘समस्या हामी भित्र छ। उहाँहरु उद्योग सञ्चालन गर्नका लागि आउनुभयो। त्यसलाई नवीकरण हुन सकेन त्यो हामीले गर्न नसकेको हो। जति समस्या छ हामीभित्र छ। मन्त्रालय भित्र छ। नेपाल सरकारभित्र छ। संसद भित्र छ। हामी जिम्मेवार हौँ। उहाँहरुले जुन कुरा राख्नुभएको छ, त्यो कुरासँग म शतप्रतिशत सहमत छु।’

उनले देशको समृद्धिका लागि हिमालको पानी र तराईको ढुंगा बेच्नु स्वभाविक भएको बताए। उनले देशमा काम गर्नका लागि हरेक ठाउँबाट हस्तक्षेप हुने गरेको बताए। काम गर्न एनजिओले समस्या पैदा गर्ने गरेको उनको भनाई छ।

अदालतले पनि विभिन्न फैसला गर्ने गरेकाले काम गर्न अफ्ठ्यारो भएको उनले बताए। अदालत क्रान्तिकारी भएको टिप्पणी गरे।

उनले भने, ‘हामीले के बेच्ने? हिमालको स्वच्छ पानी बेच्दा आमा बेचेको हुन्छ? तराईबाट ढुंगा उठाइएन भने त्यो वेट लेभलभन्दा माथि आएर तराई मरुभूमि हुने अवस्थामा छ। त्यो ढुंगा बेच्दाखेरी हामीले आमा बेच्छ? हरेक ठाउँमा हस्तक्षेप छ। एनजिओले त्यस्तै समस्या पैदा गरेको छ। कामै हुन नदिने। मिडियाका साथीहरुले पनि कुरा बंग्याएका छन्। अदालत त झन क्रान्तिकारी छ।’

उनले सरकारले क्रसर उद्योगहरुको व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको कमजोरी भएको बताए।

मन्त्री रिजालले क्रसर उद्योगमा देखिएको समस्याहरुलाई समाधान गर्नेगरी आफू अगाडि बढ्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .