ad ad

कारोबार


अर्थमन्त्रीसँग नाडा : अटोबजार चलायमान बनाउन ऋण सहज बनाइदिन माग

अर्थमन्त्रीसँग नाडा : अटोबजार चलायमान बनाउन ऋण सहज बनाइदिन माग

नेपालखबर
भदौ १५, २०८० शुक्रबार १७:१३, काठमाडौँ

नाडा अटो मोबाइल्स एशोसिएनले अर्थमन्त्री प्रकाशसरण महतसँग अटो बजार चलायमान बनाउन सहजीकरण गर्न माग गरेका छन्। 

नाडाका अध्यक्ष डा. ध्रुव थापा नेतृत्वको  प्रतिनिधिमण्डलले अटो ऋणलाई सहज बनाउन सहयोग माग गरेको हो।

नाडाले सुस्ताएको बजार चलायमान बनाउन ऋण पुनर्तालिकीकरको व्यवस्था हुनुपर्ने, बैंक तथा वित्तीय निकायलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्न प्रमुख बाधक हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएर ७५ प्रतिशत कायम गर्न सहजीकरणका लागि आग्रह गरेका छन्। 

त्यस्तै बैकहरुबाट निजी सवारी साधनको हायर प्रचेज लोन  प्रवाह गर्ने प्रकियामा लोन टु 
भ्यालु रेसियोको हालको ५० प्रतिशतको सिमालाई बढाएर ७५ प्रतिशत कायम गर्नका लागि अनुरोध  गरेका छन्। 

चालु पुँजी कर्जाबारे नेपाल राष्ट्र बैंकले जारी गरेको कर्जा वर्गीकरणसम्बन्धी नयाँ व्यवस्थामा कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भए समूहमा रहेका अन्य ऋणीको समेत निष्क्रिय वर्गमा कर्जा वर्गीकरण गरिनुपर्ने व्यवस्थाले बैंक तथा वित्तीय निकायमा असल कर्जावालालाई समेत असर पर्न जाने बताएका छन्। 

कुनै पनि कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भएमा कर्जाको बक्यौता रकम भुक्तानी गरे पछि पनि ६ महिनासम्म असल कर्जाको वर्गमा स्तरोन्नती नहुने व्यवस्थाले निजीक्षेत्रलाई हतोत्साहित  बनाउने भएकोले यस व्यवस्थालाई पनि तत्काल सच्याउन आग्रह गरेका छन्। 

अध्यक्ष थापाले अटोमोवाइल उद्योगहरु पनि क्रमशः खुल्दै जाने क्रममा रहेको सन्दर्भमा यस्ता उद्योगहरुको स्थापनाका लागि थप प्रोत्साहित गर्न सरकारले अटोमोवाइल उद्योगहरुलाई विशेष क्षेत्रमा वर्गीकरण गरी त्यहीअनुरुप सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था हुनु पर्ने बताएका छन्। 

काठमाडौं उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणको लागि बजेटमा व्यवस्थागरी त्यसको निर्माणका लागि समेत पहल गरि दिन आग्रह गरेका छन्। 

नाडाका अध्यक्ष थापाले सदैव समस्याको रुपमा देखा पर्दै आएको सन्दर्भ मूल्य सूचिका सन्दर्भमा तत्काल सरोकारवाला निकायहरुसंग आवश्यक सल्लाहगरी ययार्थपरक मूल्य कायम गर्न अनुरोध पनि गरेका छन्। 

मन्त्री महतले समस्याहरुका सम्बन्धमा आफु जानकार रहेको र त्यसको समाधानका लागि प्रयास गरिने आश्वासन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .