ad ad

कारोबार


थाइल्याण्ड सर्किटमा नेपाली मोटरसाइकल रेसर

थाइल्याण्ड सर्किटमा नेपाली मोटरसाइकल रेसर

नेपालखबर
भदौ १४, २०८० बिहिबार १५:४३, काठमाडौँ

एसियाली मोटरसाइकल फेडेरेसनको आयोजनामा भोलि सेप्टेम्वर १ देखि ३ सम्म थाइल्याण्डमा हुने एसिया कप अफ रोड रेसिङमा भाग लिन तीन सदस्यीय नेपाली टोली आज बैंकक प्रस्थान गरेको छ।

नेपाली राइडरद्वय राजकुमार कार्की (नुवाकोट) र आषिक लामा (काठमाडौँ) तथा नेपाल अटोमोबाइल्स एसोसिएसनका सचिव विनोद तन्दुकार अफिसियलको रुपमा त्यसतर्फ प्रस्थान गरेका हुन्।

राष्ट्रिय खेलकुद परिषदका कार्यकारी बोर्ड सदस्य एकेन्द्र कुँवर, एफआइए वर्ल्ड काउन्सिल मेम्बर गोबिन्द भट्टराई, नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल तथा उपाध्यक्ष तथा मोटरसाइकल कमिसनका प्रमुख सिताराम न्यौपानेले नेपाली टालीलाई बिदाई गरे।

थाइल्याण्ड सर्किट (नाखोन्चाइसी) ट्रयाकमा हुने २०० सिसिका मोटरसाइकलको सो रेसमा एसिया महादेशका आठवटा देशका राइडर्सले आफ्नो साहस, सृजना र कला प्रस्तुत गर्नेछन्।

२५०० मिटर लम्बाई र १२ देखि १५ मिटर चौढाईको उक्त ट्रयाकमा ६ वटा दाया मोड, ४ वटा बाया मोड तथा २ वटा स्लालम टाइपका मोडहरु रहने छन्। नेपाल सहित सो प्रतियोगितामा जापान, भारत, थाइल्याड, फिलिपिन्स, श्रीलंका, ताईवान र चीनका राइडर्सको सहभागिता हुनेछ।

ठीक १५ वर्ष अघिबाट नेपालमा संस्थागत भएको मोटरस्पोर्ट आज नेपालमा निकै लोकप्रिय बन्दै गएको छ। हाल धुलिखेलमा मात्र एउटा ट्रयाक ‘हिमालय मोटरल्याड’ रहेकोमा यसै वर्षदेखि गौरीटार स्टेडियम, हेटौडा र सुर्खेत स्टेडियम एरियामा बागमति र कर्णाली प्रदेश खेलकुद परिषदले ट्रयाक निर्माण शुरु गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .