सुनको भाउ तीन दिनमै १ हजार सात सय रुपैयाँ बढेको छ।
हिजो (बुधबार) प्रतितोला आठसय रुपैयाँ बढेको सुनको भाउ आज पनि तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँ बढेको थियो।
सुनको भाउ आज तोलाको एक लाख १२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको भाउ भने सामान्य घटेको महासंघले जनाएको छ।
तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार प्रतितोला एक लाख ११ हजार सात सयमा कारोबार भएको सुन दुई दिनमै भाउ बढेर एक लाख १२ हजार आठ सय रुपैयाँ पुगेको हो।
36
Shares
प्रतिक्रिया