ad ad

खेल


भारतसँग खेल्न पाकिस्तानबाट श्रीलंका पुग्यो नेपाली टोली

भारतसँग खेल्न पाकिस्तानबाट श्रीलंका पुग्यो नेपाली टोली

श्रीलंकामा नेपाली टोली। तस्बिर : श्रीलंकन क्रिकेट बोर्ड


नेपालखबर
भदौ १४, २०८० बिहिबार १२:२०, काठमाडौँ

एसिया कप क्रिकेटअन्तर्गत भारतविरूद्ध समूह चरणको अन्तिम खेल खेल्न नेपाली राष्ट्रिय टोली पाकिस्तानबाट श्रीलंका पुगेको छ। 

पाकिस्तानविरुद्ध बुधबार मुलतानमा भएको खेलमा २३८ रनले पराजित भएको नेपालले अब दोस्रो खेलमा भदौ १८ गते भारतविरुद्ध भिड्दैछ।

नेपाली टोली र पाकिस्तानी टोली करिब एकै समय इस्लामावादबाट श्रीलंका पुगेको हो। त्यहाँ नेपाली टोलीलाई श्रीलंकन झाँकीसहितको टोलीले स्वागत गरेको छ। 

समूह ’ए’ को पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग २३८ रनले पराजित भएको छ। अब नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग समूह चरणको दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेल्नेछ। 

त्यसभन्दा पहिले यही समूहको अर्को खेलमा शनिबार भारत र पाकिस्तानबीच भिडन्त हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .