राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालयपरिसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा १ सय ५४ जनाले रक्तदान गरेको बैंकले जनाएको छ। बैंकको विभिन्न प्रादेशिक कार्यालयहरुमा पनि रक्तदान कार्यक्रम सञ्चालन भइरहेका छन्।
साथै, बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, फुटसल खेलकुद प्रतियोगिताको पनि आयोजना गरिरहेको छ।
बैंकको ५५औं वार्षिकोत्सवको अवसरमा गत शनिबार बिहान ८ बजे वित्तीय साक्षरतासम्बन्धी प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो।
3
Shares
प्रतिक्रिया