बुधबार राजस्व अनुसन्धान विभागले काठमाडौंमा बरामद गरेको सुन डेढ सय किलोभन्दा बढी भएको अनुमान गरिएको छ।
बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चेकजाँच पास गरी लाँदै गरिएको अवस्थामा विभागको टोलीले उक्त सुन बरामद गरेको हो।
‘बरादम सुन १५० भन्दा बढी भएको अनुमान छ’, विभागका एक अधिकारीले बिहीबार बिहान नेपालखबरसँग भने, ‘तर ठ्याक्कै एकिन गर्न भने बाँकी छ।’
यस्तै उक्त सुन एकैजनाको हुनसक्ने उनको भनाइ छ।
सुन भन्सार पास गर्दा मोटरसाइकलको ब्रेक सुल भनी सामान जाँचपास भएको प्रज्ञापनपत्र भेटिएको उनले बताए।
विभागका ती अधिकारीका अनुसार प्रज्ञापनपत्र र भन्सार एजेन्ट एउटै प्रयोग भएको पाइएकाले बरामद सुन पनि एकै जनाको भएको अनुमान गरिएको हो।
उक्त प्रकरणमा एक एजेन्टसहित अहिलेसम्म ६ जना पक्राउ परेका छन्। तर उनीहरूको परिचय खुलाइसकिएको छैन।
Shares
प्रतिक्रिया