ad ad

कारोबार


भारतमा समातिए १४ अर्ब हिनामिनाको आरोप लागेका शिव शिखर सहकारीका पूर्वअध्यक्ष शर्मा

भारतमा समातिए १४ अर्ब हिनामिनाको आरोप लागेका शिव शिखर सहकारीका पूर्वअध्यक्ष शर्मा

फाइल तस्बिर : केदारनाथ शर्मा


नेपालखबर
असार १२, २०८० मंगलबार ९:५, काठमाडौँ

भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ। 

१४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका उनलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो। 

उनलाई सोमबार राति नै नेपाल ल्याइएको सीआईबी स्रोतले नेपालखबरलाई जानकारी दियो। ‘उनलाई हामीले सोमबार राति नै काठमाडौं ल्याइसकेका छौँ’, सीआईबी स्रोतले मंगलबार बिहान नेपालखबरसँग भन्यो, ‘आज पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्छाैँ र विस्तृत जानकारी दिन्छौँ।’

२०७७ सालमा शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी गाभेर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनाइएको हो। जहाँ सर्वसाधारणले जम्मा गरेका १४ अर्बभन्दा बढी रुपैयाँ हिनामिना भएको पीडितहरुले बताएका छन्। 

अनुसन्धानबाट यसको प्रमुख नाइके शर्मा नै भएको खुलेपछि उनीविरुद्ध भक्तपुर र मोरङमा मुद्दा दायर भएको छ। अन्य जिल्लामा पनि उनीविरुद्ध अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

उक्त सहकारीले देशका ३५ जिल्लामा शाखा कार्यालय खोलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .