ad ad

कारोबार


चिनियाँ राजदूतद्वारा नारायणगढ–बुटवल सडक आयोजना र होंग्सी सिमेन्टको अवलोकन

चिनियाँ राजदूतद्वारा नारायणगढ–बुटवल सडक आयोजना र होंग्सी सिमेन्टको अवलोकन

नेपालखबर
माघ १, २०७६ बुधबार १२:७,

नेपालका लागि चिनियाँ राजदूत होउ याञ्छीले बुधबार नारायणगढ बुटवल सडक सुधार आयोजना र चिनियाँ लगानीमा सञ्चालित होंग्सी शिवम् सिमेन्ट कारखानाको स्थलगत अवलोकन गरेकी छिन्।

अवलोकन गरिरहेको तस्बिरहरु यान्छीले सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक गरेकी छिन्।

नारायणगढ–बुटवल १ सय १३ किमि लामो सडकखण्ड विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सनले गरिरहेको छ।

butwal project 2

१ वर्षअघि कम्पनीले ठेक्का पाएको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष चैतमा शिलान्यास गरेका थिए।

करिब १७ अर्ब लागत अनुमान गरिएको सडक विस्तारमा एसियाली विकास बैंकले ऋण सहयोग दिएको छ। खण्ड खण्डमा ठेक्का दिएर २०८० साउनसम्म सक्ने गरी काम भइरहेको छ।

butwal project 3

राजदूत होउले लुम्बिनी, कपिलवस्तुको तिलौराकोटसहित बौद्ध सम्पदास्थलको भ्रमण गर्दै छिन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .