ad ad

कारोबार


ढुक्क हुनुस् २ महिनामा रेल चल्छ : यातायातमन्त्री वसन्त नेम्वाङ

ढुक्क हुनुस् २ महिनामा रेल चल्छ : यातायातमन्त्री वसन्त नेम्वाङ

नेपालखबर
पुस २९, २०७६ मंगलबार ११:५५,

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल २ महिनाभित्रमा सञ्चालनमा आउने बताएका छन्।

मंगलबार राष्ट्रियसभाको दिगो विकास समिति बैठकमा मन्त्री नेम्वाङले यस्तो बताएका हुन्। ट्रयाक र लिग निर्माणको काम सम्पन्न भइसकेको र भारत सरकारबाट रेल खगरिका लागि अर्डर समेत भइसकेको उनले बताएका हुन्।

जीटुजी माध्यमबाट रेल खरिद गरिनेछ। २ महिनाभित्रमा जयनगर जनकपुर ३५ किलोमिटरको रेल सञ्चालनमा आउने र त्यसपछि बर्दिबाससम्म विस्तार हुनेमा ढुक्क रहन उनले आग्रह गरे। ‘यति दिन भनेर मिति तोक्न सक्दिन तर चाडै नेपालमा रेल सञ्चालन भएको देखिन्छ। रेलको बाटो निर्माण भएको देखिन्छ। रेल ऐन आइसकेको छ’, उनले भने।

सरकारले संघअन्तर्गत पर्ने बाटोहरुको पुनर्निर्माणका कामहरु गरिरहेको उनले बताएका छन्। खाल्डा पुर्ने, कालोपत्रे गर्ने कामहरु संघीय सरकारले गरिरहेको उनले बताए। संघअन्तर्गत रहेको १२ हजार किलोमिटर सडकको मर्मतको काम भइरहेको र करिब ४७ किलोमिटर सडक स्थानीय र प्रदेश सरकारले हेर्ने उनले बताए।

समिति बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक इञ्जिनियर गोगनबहादुर हमालले स्थानीय तहभित्र रहेको यातायात व्यवस्थापन गर्ने दायित्व स्थानीय सरकार, प्रदेशभित्रको व्यवस्थापन गर्ने दायित्व प्रदेश सरकारको भएको बताए। दुई प्रदेश जोडिएको हकमा, समग्र यातायात व्यवस्थापनसम्बन्धी मापदण्ड नीति बनाउने काम संघीय सरकारले गर्ने गरी जिम्मेवारी तोकिएको उनले बताए।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी, गृह मन्त्रालयसँग पनि छलफल भई योजनाहरु बनाउने काम सुरु गरिएको उनले बताए।

समितिमा सांसद दीनानाथ शर्माले स्थानीय तहका जनप्रतिनिधिहरुले जथाभावी डोजर किनेर जथाभावी सडक निर्माण गरी गाडी गुडाउने गरेको अवस्था रहेको र त्यसलाई न्यूनीकरण गर्नुपर्ने बताए।

जनताको आवश्यकताअनुसार भन्दा जनप्रतिनिधिहरुले विना अध्ययन आफ्नो घरसम्म जाने बाटो निर्माण गरिरहेको तर्फ सरकारले ध्यान दिनुपर्ने उनको आग्रह छ। स्थानीयस्तरमा निर्माण हुने सडकको मापदण्ड मन्त्रालयले तोक्नुपर्ने उनले बताए।

सांसद विमला राई पौडेलले चालकहरुसँग चालक अनुमतिपत्र छ छैन भन्ने कुरा यात्रुले थाहा नपाउने भएकाले यात्रुले देख्ने गरी कार्ड राख्ने व्यवस्था गर्नुपर्ने बताए। चालकको नाम ठेगना र लाइसेन्स नम्बर यात्रुले देख्ने गरेर राख्ने व्यवस्था भए यात्रु ठगिनबाट बच्ने उनको भनाइ थियो ।

समितिमा मंगलबार यातायात व्यवस्थित गर्न दिइएको निर्देशन सडक जोखिम व्यवस्थापन, सडक दुर्घटना र धनजनको क्षति न्यूनीकरण गर्ने आवश्यक कार्ययोजना बनाएर लागु गर्ने गराउने सम्बन्ध दिइएको निर्देशनको पालना भए नभएको विषयमा मन्त्री यातायात व्यवस्था विभागका महानिर्देशकसँग छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .