सिजी नेटले ८ महिनामा ३२ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। चौधरी ग्रुप अन्तगर्तको सिजी कम्युनिकसेनले साउन देखी फाल्गुनसम्म आम्दानी ३२ करोडबढीले सञ्चालन आम्दानी गरेको हो।
२०२१ मा सिजीले इन्टरनेट सेवा शुरु गरेको थियो। हाल काठमाडौं उपत्यका सहित मुख्य ६ सहरमा आफ्नो पहुँच विस्तार गरिसकेको छ।
४४ हजार बढी इन्टरनेट सेवा प्रदायक रहेका छन्। कम्पनीका नयाँ प्रयोगकता बढेसँगै चालु आर्थिक वर्षमा कर, ब्याज सहितको नाफा २४ प्रतिशत रहेको छ। गत आर्थिक वर्षकम्पनी घाटामा सञ्चालन रहेको थियो।
२००३ मा स्थापना भएको एसटीएम टेलिकम सञ्चारलाई २०१३ मा चौधरी ग्रुपले खरिदगरी सिजी कम्युनिकेसन नामाकरण गरेको थियो। २०२१ बाट कम्पनी पब्लिक लिमिटेडमा भएको छ। १७ जिल्लामा सेवा विस्तार गरेको कम्पनीको अध्यक्ष निर्वाण चौधरी रहेका छन्।
नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार देशभार २५ लाख ३० हजार इन्टरनेट सेवा प्रयोगकता रहेका छन्।
Shares
प्रतिक्रिया