प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालमा कार्गो रेलसेवा सुरु भएको छ।
उक्त कार्गो रेल अहिले भारतको बथनाहादेखि विराटनगरका लागि छुटिसकेको छ। उक्त रेललाई दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रचण्डले हरियो झन्डा देखाएर बिदा गरे।
भारतबाट विराटनगरको कस्टम यार्डसम्म चल्ने कार्गो रेल सेवाको बिहीबार दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट बटन थिचेर उद्घाटन गरेका हुन्।
पहिलो पटक भारतबाट कार्गो रेल आउने भएपछि विराटनगरस्थित कस्टम यार्डलाई कर्मचारीहरुले सजाएका छन्।
कार्गो रेल आउने भएपछि रमिता हेर्न स्थानीयबासी जम्मा भएका छन्। यो रेललाई विराटनगरस्थित व्यापारीहरुले विशेष कार्यक्रमसहित स्वागत गर्ने तयारी छ।
विराटनगरका लागि छुटेको कार्गो रेललाई फूल मालाले सजाइएको छ। विराटनगरको एकीकृत जाँचबिन्दु (आइसीपी)सम्म औद्योगिक कच्चा पदार्थ बोकेर उक्त रेल आएको छ।
रेल छुटेकै १५ मिनेटमा विराटनगर आइपुग्दैछ छ। रेलले फलामे उद्योगका कच्चा सामाग्री ल्याउने छ। आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिलको कच्चा पदार्थ ल्याएको छ।
यसअघि भारतको बथनाहा रेल-वे स्टेशनदेखि विराटनगरको बुधनगरमा रहेको कष्टम यार्डसम्म कार्गो रेल परीक्षण गरिएको थियो। यो सात किलोमिटर लामो दूरीमा २०७६ कात्तिकै लिक परीक्षण भएको थियो।
Shares
प्रतिक्रिया