सरकारले विदेशबाट आयात हुने सिमेन्ट र डन्डीमा कर बढेको छ। सरकारले स्वदेशी उत्पादनलाई संरक्षण गर्न भन्सार दर वृद्धि गरेको हो।
स्वदेशी उद्योगको उत्पादन प्रवर्द्धन गर्न यही साउन १ गतेपछि सम्झौता हुने आयोजनाका लागि आवश्यक सिमेन्ट, फलामे डन्डी, फलामे पाइप तथा प्लाष्टिकका पाइप, जस्तापाता, विद्युतीय केवल जस्ता स्वदेशमा पर्याप्त उपलब्ध हुने वस्तुको पैठारीमा लाग्ने महसुल छुट दिने गरी सरकारले सम्झौता नगर्ने भएको छ।
स्वदेशी उद्योगले यस्ता वस्तु आयोजनालाई बिक्री गर्दा लाग्ने मूल्य अभिवृद्धि कर र अन्तःशुल्क छुट दिएर बिक्री गर्न सक्ने व्यवस्था गरेको छ।
लघु, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवर्द्धनका लागि यस्ता उद्योगले आफ्नो उत्पादन प्रयोजनको लागि पैठारी गर्ने घरायसी प्रयोजन हुने बाहेकका मिल वा मेशिनरीमा एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था गरेको छ।
Shares
प्रतिक्रिया