ad ad

कारोबार


कर्णालीको सुर्खेतमा वाणिज्य बैंकको प्रादेशिक कार्यालय उद्घाटन

कर्णालीको सुर्खेतमा वाणिज्य बैंकको प्रादेशिक कार्यालय उद्घाटन

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ६:५३,

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत, वीरेन्द्रनगरकोे समुद्घाटन सम्पन्न भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ताम्रपत्र अनावरण गर्दै एक समारोहका बीच शुक्रबार उद्घाटन गरेका हुन्।

उक्त अवसरमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरिकोे’ प्रदेश सरकारको कार्यक्रम रा.वा.बैंकको शाखा कार्यालय मान्माबाट केही दिनअगाडि सुरु गरिएको र यो कार्यक्रम कर्णाली प्रदेश भरिका बैंकका सबै शाखा बाट सुरु गरिने बताए।

कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले बैंकहरुले सरकारी नीतिनियमलाई प्राथमिकताका साथ लागू गर्नुपर्ने बताए। कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले तीनै तहका सरकारलाई बैकले प्राथमिकताका साथ वित्तीय सेवा दिइरहेको बताए।

बैकको कर्णाली प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले स्वागतमन्तव्य तथा ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख सरोज बस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका मेयर देबकुमार सुवेदी, कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारी, नेपाल राष्ट्र बैंकका व्यवस्थापक सालिकराम पोखरेल, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, बैंकका ५ नम्बर प्रादेशिक प्रबन्धक आनन्द सुवेदी, स्थानीय राजनीतिक दलका प्रतिनीधि, समाजसेवी, प्रहरी, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .