जेसीबीको बिक्रीमा गिरावट आएको छ। ४ वर्षअघि वार्षिक ७ अर्ब बढी रहेको कम्पनीको कारोबार करिब ५ अर्बमा झरेको हो।
एमएडब्लु अर्थ मुभर्स प्रालि जेसिबीको आधिकारिक बिक्रेता हो। विष्णु कुमार अग्रवाल कम्पनीको अध्यक्ष रहेका छन्।
आर्थिक वर्ष २०७५/०७६ मा ७ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेको कम्पनी गत आर्थिक वर्षमा ५ अर्ब ३३ करोड रुपैयाँ मात्रै कारोबार गरेको छ।
आर्थिक वर्ष २०७६/०७७ मा ४ अर्ब ६२ करोड रुपैयाँको जेसीबी मेसिन बिक्री गरेको कम्पनीले २०७७/०७८ मा ५ अर्ब ६९ करोड रुपैयाँ रहेको छ।
निर्माण क्षेत्रमा मन्दी आउँदा कन्स्ट्रक्सन इक्युप्मेन्टको व्यापारमा असर परेको छ। त्यसबाहेक थुप्रै नयाँ ब्रान्ड नेपाल भित्रिएकाले प्रतिस्पर्धा समेत बढेको छ।
कम्पनीको ब्याज, कर, अवमूल्यनअघिको नाफा गत आर्थिक वर्षमा ६.३ प्रतिशत रहेको छ। २०७७/०७८ को तुलनामा ०.५ प्रतिशतले नाफा बढेको हो। ब्याकहो लिडर सेगमेन्टमा ५७ प्रतिशत बजार हिस्सा जेसीबीले ओगटेको छ।
२००८ मा स्थापना भएको भएको कम्पनीमा विष्णु कुमार अग्रवालको ६५ प्रतिशत सेयर रहेको छ भने ३५ प्रतिशत एमएडब्लु ग्रुपकै रहेको छ। भेहिकल उत्पादन गरिरहेको छ। एमएडब्लु अर्थ मुभर्सले १४ ब्रान्च र २२ आधिकारिक खुद्रा बिक्रेता रहेका छन्।
एमएडब्लु ग्रुपले ५० वर्षदेखि नेपालको अटो व्यापारमा रहेको छ। यो ग्रुप यामाहाका दुईपांग्रे गाडीको बिक्रेता रहेको छ। जिप, स्कोडा, फोटोनलगायत प्यासेन्जर भेहिकल बिक्री गर्दै आएको छ।
Shares
प्रतिक्रिया